अपर तामाकोशीको सेयर रजिष्ट्रार एनसिएम मर्चेन्ट बैंकिङले गर्ने सम्झौता

 आवाज संवाददाता     १ श्रावण २०७३, शनिबार

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड लिमिटेडको सेयर रजिष्ट्रारमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । अब अपर तामाकोशीको सेयर सम्बन्धी सबै काम एनसिएमले गर्ने छ ।

अपर तामाकोशी र एनसिएमबीच शुक्रबार सेयर रजिष्ट्रार सम्बन्धी संझौतामा हस्ताक्षर भएको हो । कम्पनीका तर्फबाट आयोजना प्रमुख बिज्ञान प्रसाद श्रेष्ठ तथा एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठले संझौतामा हस्ताक्षर गरेका हुन् ।
यस अघि अपर तामाकोसीको शेयर विक्री प्रबन्धकको रुपम नागरिक लगानी कोषले गर्दै आएको थियो । कर्मचारी संचयकर्ताहरुले लागि १७ दशमलब २८ प्रतिशत अर्थात १ करोड ८२ लाख ५९ हजार ५ सय २० कित्ता सेयर लगानी गरेका छन् । त्यसैगरी कर्मचारी सञ्चय कोषमा काम गर्ने कर्मचारीले १५ लाख २४ हजार ९ सय ६० कित्ता सेयर लगानी गरेका छन् । उनीहरुको ऋण लगानीको आधारमा १.४४ प्रतिशत सेयर लगानी छ ।
आयोजनाको मुख्य प्रबद्र्धक नेपाल विद्युत प्राधिकरण र आयोजनाको कम्पनीमा कार्यरत कर्मचारीका लागि ३.८४ प्रतिशत सेयर छुट्याएको छ । उनीहरुले ४० लाख ६६ हजार ५ सय ६० कित्ता सेयर छ ।
नेपाल टेलिकमका कर्मचारीले ९ लाख १४ हजार ९ सय ७६ कित्ता सेयर लगानी गरेका छन् । त्यस्तै नागरिक लगानी कोष कर्मचारीले ३ लाख ४ हजार ९ सय ९२ कित्ता सेयर लगानी गरेका छन् भने लगानीका आधारमा राष्ट्रिय बीमा संस्थानका कर्मचारीले पनि नागरिक लगानी कोषकै बराबर सेयर लगानी गरेका छन् । आयोजनामा दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर लगानी हुन बाँकी छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।