दुर्घटनामा २ को मृत्यु, १७ जना घाइते

 आवाज अनलाइन     ८ बैशाख २०७६, आईतवार

दोलखा, बैशाख ८

काठमाडौँबाट मनकामना दर्शनको लागि जाँदौ गरेको यात्रुबाहक बस धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दोलखा जिल्ला कालिन्चोक गाउँपालिका ७ का ७१ वर्षीया पार्वती बुढाथोकी र भीमेश्वर नगरपालिका ५ का २५ वर्षीय हरिवंश केसी रहेको जिल्ला प्रहरी कार्यालय धादिङलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिएका छन् ।
काठमाडौँबाट रिजर्भ गरी मनकामना जाँदै गरेको बस आज बिहान करिब साँढे १० बजे दुर्घटना भएको हो ।
मनकामना दर्शनको लागि जाँदै गरेको बा ४ ख १४१५ नं को बस दुर्घटना हुँदा दोलखा जिल्लाका अन्य १७ जना घाइते भएका छन् । घाइतेहरुमा कालिन्चोक गापा ७ का नमराज थापा, यज्ञबहादुर कार्की, सन्ध्या बुढाथोकी, रेनु बुढाथोकी, रेनु बुढाथोकीको छोरा १५ महिनाको राजकुमार बुढाथोकी, मिरा दुलाल, प्रदिप खुलाल, विष्णुलक्ष्मी खुलाल, गिता खुलाल, संञ्जय बुढाथोकी, शिव कार्की, राजेन्द्र बुढाथोकी, राजन खडका, पदम खुलाल, गौरीशंकर गा।पा। २ का कमला कार्की, सुस्मिता खत्री, दिनेश के।सी रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुमध्ये यज्ञबहादुर कार्की र सुस्मिता खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF