नेपाली सेनामा भर्ना खुल्यो, चरिकोटबाट पनि दरखास्त दिन सकिने

 आवाज अनलाइन     १२ बैशाख २०७६, बिहीबार

दोलखा, बैशाख १२

नेपाली सेनाले रक्त रहेको विभिन्न पदमा भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।
सेनाले विभिन्न पद र ट्रेडका कर्मचारी तथा सैन्य पदका ८१०२ पदका लागि दरखास्त आह्वान गरिएको छ भने सैन्य पदका लागि मात्रै ७६३५ जना कर्मचारी माग गरिएको छ ।
मुकुलभरका विभिन्न २९ केन्द्रहरुबाट भर्ना खोलिएको छ भने चरिकोटस्थित रणभीम गणबाट पनि दरखास्त दिन सकिने बताइएको छ । रणभीम गण चरिकोटमा दरखास्त दिनेहरुले छनोटका लागि ९ बाहिनी अड्डा, सिन्धुलीमा जानुपर्ने छ ।
योग्यता पुगेका इच्छुक नेपालीहरुले यही जेठ महिनाको १ गतेसम्म सामान्य दस्तुरमा र ८ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन सकिने रणभीम गण चरिकोटले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF