कालिन्चोक गाउँपालिकाका ८ विद्यार्थीलाई छात्रवृत्ति

 आवाज अनलाइन     १३ बैशाख २०७६, शुक्रबार

दोलखा, बैशाख १२

विभिन्न कारणले अभिभावक गुमाएका र अत्यन्त कमजोर आर्थिक अवस्था भएका कालिन्चोक गाउँपालिकाका विभिन्न विद्यालयका ८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
हिमालयन अर्थक्वेक प्रिपेयर्डनेस सेन्टरले ती विद्यार्थीहरुलाई १० हजार रुपैयाँदेखि २० हजार रपैयाँसम्मको छात्रवृत्ति प्रदान गरेको हो । सेन्टरका अध्यक्ष कुलप्रसाद शिवाकोटी ‘कृष्ण’ ले उनीहरुलाई नगद हस्तान्तरण गरेका हुन् ।
सित्का मावि र लापिलाङ माविका छात्रछात्राहरु गंगा कार्की, जमुना कार्की र मनोज आचार्यलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिएको छ भने गंगा माझी, हितेश शिवाकोटी, कुशल सेढाइ, निखिल खड्का र सविना शिवाकोटीलाई १०/१० हजार रुपैयाँ प्रदान गरिएको छ ।
सेन्टरका अध्यक्ष शिवाकोटीले एक लाख १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै त्यसको सदुपयोग गर्न आग्रह गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।