महासंघको भवन निर्माणमा गौरीशंकरको सहयोग

 आवाज अनलाइन     १५ बैशाख २०७६, आईतवार

दोलखा, बैशाख १५

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि गौरीशंकर गाउँपालिकाले दुई लाख पच्चीस हजार रुपैयाँ सहयोग गरेको छ ।
गाउँपालिकाको कार्यालय सुरीमा अध्यक्ष सोयमबहादुर खड्काले पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई चेक हस्तान्तरण गरेका हुन् ।
पत्रकार महासंघको भवन लामाचौर चरिकोटमा निर्माण भइरहेको छ । सूचनामैत्री र अत्याधुनिक भवन निर्माण हुने भएकाले नगरपालिका गाउँपालिकाहरुले समेत सहयोग गर्दै आएको छन् । विभिन्न व्यक्तिहरुको सहयोग र भीमेश्वर नगरपालिकाको सहयोगमा पहिलो तलाको सम्पन्न भएको छ । यसअघि तामाकोशी, वैत्यश्वर, शैलुङ, विगु गाउँपालिकाले सहयोग गरिसकेको छन् ।
महासंघको भवनमा अत्याधुनिक हल, पुस्तकालय, संग्रहालयसहित दोलखा जिल्लाको पहिचान झल्किने खालको हुनेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF