दोलखाका दुई सञ्चारकर्मी सम्मानित

 आवाज अनलाइन     ४ जेष्ठ २०७६, शनिबार

दोलखा, जेठ ४

पत्रकारिताको माध्यमबाट मानव अधिकारको क्षेत्रमा महत्वपूण योगदान पु¥याएको भन्दै दोलखाका दुई पत्रकारलाई नेपाल मानव अधिकार संगठन, दोलखाले सम्मान गरेको छ ।
संगठनले दोलखाका अग्रज पत्रकार नेपाल समाचारपत्रकर्मी चिरञ्जीवी मास्के र अन्नपूर्ण पोष्टकर्मी रवीन्द्र गौतमलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
मान्छेको बाच्न पाउने अधिकार मात्रले मानवअधिकार पुरा नहुने धारणा राख्दै जिसस प्रमुख पाण्डेले बाँच्नका लागि आवश्यक गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र विकासका पूर्वाधार समेत मानव अधिकार भित्रै पर्ने र यी सबैको ग्यारेन्टी राज्यले गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपाल मानव अधिकार संगठनको आयोजनामा शनिवार सदरमुकाम चरिकोटमा सञ्चालन भएको एकदिने मानव अधिकार शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रममा जिल्ला स्थित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको नेपाल मानव अधिकार संगठन दोलखाका अध्यक्ष दिपशंकर चौलागाईले जानकारी दिए ।
कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य प्रा.डा.गोविन्द ढकाल र अधिवक्ता कल्याण पोखरेलले प्रशिक्षण दिएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF