प्रतिबन्धित चितुवाको छाला बरामद

 आवाज अनलाइन     ५ जेष्ठ २०७६, आईतवार

दोलखा, जेठ ५

सशस्त्र प्रहरी चरिकोट गुल्मले प्रतिबन्धित चितुवाको छाला बरामद गरेको छ । दोलखा जिल्ला तामाकाशी गाउँपालिका ५ किर्नेटारबाट चितुवाको छाला बरामद गरेको हो ।

बिक्रीका लागि लैजाँदै गरेको सुरकीका आधारमा सशस्त्र प्रहरी बल चरिकोट गुल्मका सहायक प्रहरी नायव निरीक्षक बद्रीबहादुर सोडारीको कमाण्डमा खटिएको टोलीले उक्त छाला बरामद गरेको हो । बरामद गरिएको छालाको आधारमा चितुवा साँढे ५ फिट लामो भएका चरिकोट गुल्मले जानकारी दिएको छ । चितुवाको छाला बरामद गरिए पनि छाला बोक्ने मानिस फरार भएको बताइएको छ । गुल्मको टोलीसँग जम्काभेट हुनासाथ तामाकोशीमा फाल हानेर भागेको गुल्मले जनाएको छ ।

उक्त छाला अाजै डिभिजन बन कार्यालयमा बुझाइएकाे छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF