चितुवाको छालासहित ३ जना पक्राउ

 आवाज अनलाइन     १३ जेष्ठ २०७६, सोमबार

दोलखा, जेठ १३

सशस्त्र प्रहरी बल, चरिकोट गुल्मले आज बिहान संरक्षित चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बिगु गाँउपालिका वडा नम्बर ४ ओलीटारमा चितुवाको छालाको अवैध कारोवार हुन लागेको विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल, चरिकोट गुल्मबाट खटिएको गस्ती टोलीले हिम चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक किरणकुमार कठायतले जानकारी दिए ।
पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ का मिलन गोले, गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ का जगदिश खड्का र विगु गाँउपालिका वडा नम्बर ४ का भिमबहादुर तामाङ छन् ।
उनीहरुबाट बा ९० प ८५१९ नम्बरको रातो रङ्गको पल्सर मोटरसाइकल सहित करिब ८ फिट लामो चितुवाको छाला बरामद गरिएको सशस्त्र प्रहरी बल, दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF