दोलखा जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि टाइगर टिमलाई

 आवाज अनलाइन     १४ असार २०७६, शनिबार

दोलखा, असार १४

दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न जिल्ला लिग प्रतियोगिताको उपाधि टाइगर टिम तिखातलले हात पारेको छ । आज भएको फाइनल खेलमा चरिकोट सिटी क्लबलाई २–० ले पछि पार्दै टाइगर टिमले उपाधि कब्जा गरेको हो ।
अखिल नेपाल फुटबल संघ, दोलखाको आयोजनामा भएको जिल्ला लिग पुटबल प्रतियोगितामा दोलखा युनाइटेड क्लब, चरिकोट र खाँडादेवी युवा समाज शैलुङले तेस्रो स्थान प्राप्त गरेका छन् । प्रतियोगीतामा दोलखाका ११ वटा ए डिभिजनका क्लबहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी क्वीक अन्तर विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगीताको उपाधि त्रिपुरा ग्लोरियस एकेडेमी चरिकोटले जितेको छ । मोडर्न नेपाल बोर्डिङ स्कुललाई पराजित गर्दै त्रिपुराले उपाधि जितेको हो । प्रतियोगीतामा जिल्लाका विभिन्न १५ वटा विद्यालयको सहभागिता रहेको थियो ।
त्यस्तै क्वीक अन्तर विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगीताको उपाधि हनुमन्तेश्वर मावि काब्रेले जितेको छ । आजै भएको खेलमा राइजिङ स्टार बोर्डिङ स्कुललाई पराजित गर्दै हनुमन्तेश्वरले उपाधि जितेको हो । प्रतियोगितामा जिल्लाको विभिन्न १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
आज जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले विजयी टिम तथा खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।
दोलखा जिल्ला फुटबल संघका समापति अध्यक्ष गोविन्द श्रेष्ठले प्रतियोगितामा विजयी टिमले प्रदेश स्तरीय खेलमा सहभागिता जनाउन पाउने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।