दोलखा बस दुर्घटनामा १३ घाइते

 आवाज अनलाइन     २७ असार २०७६, शुक्रबार

दोलखा

दोलखाको भीमेश्वर नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् ।
नगरपालिकाको वडा नम्बर २ स्थित पाख्लती बजार नजिकैको मोडमा बा ४ ख ५१४९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बसमा ४० यात्रु सवार थिए ।
काठमाडौँबाट दोलखाको लामाबगरतर्फ जाँदै गरेको उक्त बस मोडमा पुग्दा स्टेरिङ काट्न नसक्दा सडक भित्तामा ठोकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय चरिकोटका प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए ।
दुर्घटना परी घाइते हुनेहरूमा भीमेश्वर नगरपालिका (१ सुस्पाका ४१ वर्षीय केशर बहादुर थामी, ४९ वर्षीय प्रकाश सुवेदी, भीमेश्वर ( ३ पुरानो बजारकि ७ वर्षीय श्रृष्टी शिवाकोटी, कालिन्चोक गाउँपालिका वडा नम्बर (९ सुन्द्रावतीका २३ वर्षीय सुदर्शन खतिवडा, ३५ वर्षीय सुन्दर प्रसाद पाण्डे, कालिन्चोक ( ७ सुनखानीकी ४२ वर्षीय धनलक्ष्मी तामाङ, कालिञ्चोक( ८ सुनखानीका ३५ वर्षीय सिताराम शिवाकोटी, कालिन्चोक (३ लामिडाँडाका १८ वर्षीय दिपेन्द्र खत्री घाइते भएका छन् ।
त्यसैगरी विगु गाउँ पालिका( ७ बिगु की ३५ वर्षीय फुरलाङमु शेर्पा, ५९ वर्षीय पासाङ डोमा शेर्पा बिगु (३ बुलुङका २५ वर्षीय रामचन्द्र ठकुरी, ५८ वर्षीय विष्णु बहादुर ठकुरी बिगु(४ सिंगटी का ३८ वर्षीय तेज बहादुर ओली घाईते भएका छन् ।
घाइतेहरुको उपचार प्राथमिक स्वस्थ केन्द्र चरिकोट र गौरिशंकर जनरल अस्पताल दोलखामा भइरहेको छ ।
घाइतेहरूको चरिकोट र दोलखा चौकीबाट खटेका प्रहरी टोलिले उद्धार गरेका थिए । बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF