काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ ।
अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ ।
बलिङतर्फ कुवेतका कप्तान मोहम्मद शासिफले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका मोहम्मद शासिफले ४९ रन जोडे ।
नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए भने करण केसीको नाममा एक विकेट रहृयो ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।