प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था गर्नुपर्छ- भट्टराई

 आवाज संवाददाता     ६ श्रावण २०७३, बिहीबार

र्दिवास, ६ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधान घोषणा नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक फड्को भएको बताएका छन् ।

डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराई

महोत्तरीको बर्दिबासमा बिहीबार पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै डा. भट्टराईले राजनीतिक अधिकार प्राप्तिका बाँकी कुरा यसै संविधानबाट सम्भव भएको बताए ।

संविधानले परम्परागत संसदीय पद्धति अँगालेकाले सरकार बनाउने र ढाल्ने कुरा गरिरहेर स्थिर सरकार भने चल्न नदिइएको उनको भनाइ छ ।

यसलाई सच्याउन संसद्लाई समानुपातिक प्रतिनिधित्वको बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था संविधान संशोधन गर्न सके संविधान विश्वकै उत्कृष्ट बन्ने डा. भट्टराईले जिकिर गरे ।

संविधान निर्माण र घोषणा लोकतान्त्रिक विधिबाट हुँदाहुँदै पनि यसले मधेस र आदिवासी जनजातिका माग समेट्न नसक्दा अपूर्ण भएको बताउँदै यसको सम्बोधन पनि संशोधनबाटै सम्भव रहेको उनले औँल्याए । रासस

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।