आगामी मंसिरमा दोलखा महोत्सव

 शम्भु गौतम     २७ श्रावण २०७६, सोमबार

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दोलखा उद्योग वाणिज्य संघले बृहत् दोलखा महोत्सव गर्ने भएको छ ।
समृध्द दोलखा निर्माण गर्ने समेतको उद्देश्यले दोलखा उद्योग वाणिज्य संघले दोलखा सदरमुकाम चरिकोटमा बृहत् दोलखा महोत्सबको आयोजना गर्न लागेको हो । संघको बैठकले आगामी मंसिर महिनामा महोत्सवको आयोजन गर्ने निर्णय गरेको हो ।
संघले भीमेश्वर नगरपालिकासँगको मुख्य सहकार्य र जिल्लाका अन्य निकायहरुसँगको सहकार्यमा बृहत् दोलखा महोत्सबको आयोजना गर्न लागेको हो । शनिबार बसेको संघको सचिबालय बैठकले बृहत् दोलखा महोत्सब गर्ने निर्णय गरेको संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले भुकम्पपछि सदरमुकाम चरिकोटमा त्यस्ता ठुला ब्यापारिक कार्यक्रमहरु नभएकोले पनि महोत्सब आयोजना गर्न लागिएको जानकारी दिए । संघीयता कार्यान्वयन भएसँगै दोलखा सदरमुकाम चरिकोटमा ब्यवसायिक चहलपहल घटेको र पर्यटकीय आवागमन समेत कम भएकाले महोत्सब आयोजना गर्न लागिएको संघका महासचिब हेमराज रिमालले बताए ।

महासचिब रिमालले पर्यटन वर्ष २०२० लाई समेत लक्षित गर्दै दोलखा पुग्न सहज छ र सिंगो जिल्ला पनि सुरक्षित छ भन्ने सूचना प्रवाहका लागि पनि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । संघका द्वितीय उपाध्यक्ष सनत थापाले भने ‘हामी मंसिर भित्रै महोत्सब सम्पन्न गर्ने तयारीमा छौं , त्यसबेलासम्म लामोसाँघु चरिकोट सडकको अबस्थामा सुधार आउने अपेक्षा छ । महोत्सब सम्पन्न गर्न भीमेश्वर नगरपालिकाले मुख्य भूमिका निर्वाह गर्ने सहमती भैसकेको छ । महोत्सबको मिति छिटै टुंगो लगाउने संघले जनाएको छ । दोलखा उद्योग वाणिज्य संघले सोही महोत्सबलाई भब्य रुपमा सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुको उपस्थितिमा दोलखामा अन्तराष्ट्रिय श्रम संगठनको अवस्था विषयक कार्यशालाको समेत आयोजना गर्ने भएको छ । ३ नम्बर प्रदेश अन्तर्गतका सबै जिल्लाका अध्यक्ष र सचिवको उपस्थिति रहने कार्यशाला खासगरी दोलखाली श्रमिकको अवस्था र संघले आयोजना गर्न लागेको वृहत् दोलखा महोत्सवको विषयमा छलफल हुने जनाइएको छ । कार्यशालामा दोलखा उद्योग वाणिज्य संघको सिंगो कार्यसमिति र अन्य सरोकारवालाहरुको समेत सहभागिता रहने बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।