सेन्ट्रल जोन भलिबल नेपालमा घरेलु कोर्टमा फाइनल पुग्ने लक्ष्य
आवाज संवाददाता ३० श्रावण २०७६, बिहीबार
३० साउन २०७६
काठमाडौं÷पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल आगामी सोमबारबाट नेपालमा सुरु हुँदैछ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पाँच दिनसम्म चल्ने प्रतियोगितामा घरेलु टोली नेपालसहित अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान सहभागी हुँदैछन् ।
एसियन भलिबल संघको संयोजनामा नेपालमा पहिलो पटक यति ठूलो अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । चार दशकको भलिबल यात्रामा ठूलो अन्तर्र्रािष्ट्रय पदकका रुपमाअहिलेसम्म कास्य पदकमात्र भित्र्याएको छ । त्यो पनि साढे २ वर्षअघि अर्थात् २०७३ सालको चैतमा माल्दिभ्समा सम्पन्न तेस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा पाएको हो । सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्रा्ष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले सेन्ट्रल जोनका सबै संस्करणमा सहभागिता जनाएको छ ।
पहिलो पटक सेन्ट्रल जोन भलिबल आयोजना गर्ने अवसर पाएको नेपाललाई घरेलु कोर्टमा अन्तर्रा्ष्ट्रिय पदकमा फड्को मार्ने अवसर पनि छ । त्यही अवसरलाई सदुपयोग गर्न विगत दुई महिनादेखि नेदरल्याण्डका प्रशिक्षक हान एबिङको नेतृत्वमा नेपाली खेलाडिहरुले अभ्यास गरिरहेका छन् ।
प्रतियोगिता सुरु हुनु केही दिनअघि नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल पनि खेलेको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।