बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन
आवाज संवाददाता ३२ श्रावण २०७६, शनिबार
३२ साउन २०७६
काठमाडौं/वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको आज विहान निधन भएको छ । अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो । वि.स. २००४ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छ ।
७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । उनका १ छोरा र १ छोरी छन् । दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ निक्कै लोकप्रिय कलाकार हुन् ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।