प्रधानमन्त्रि केपी ओली थप उपचारको लागि बिहीबार सिंगापुर जाने
आवाज संवाददाता ३ भाद्र २०७६, मंगलवार
५ भदौ २०७६
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार सिंगापुर जाने भएका छन् ।
उपचारको लागि साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ को लागि पुनः सिंगापुर उड्न लागेको जनाईएको छ । यो पटक सिंगापुर बसाईबारे एकिन भएको छैन् ।
गत साउन २७ गते नेपाल आएका ओलीले राजनीतिक सक्रियता तीब्र पारेर नेकपाभित्र केही महत्वपूर्ण निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी एकीकरण प्रक्रियाका बाँकी काम सक्न मंगलबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक पनि बोलाएका छन् ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।