भीमेश्वर नगरको व्यवसायिक भवन शिलान्यास

 शम्भु गौतम     १३ भाद्र २०७६, शुक्रबार

दोलखा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भीमेश्वर नगरपालिकाको व्यवसायिक भवनको शिलान्यास गरेका छन् ।
भवन शिलान्यास गर्दै मन्त्री विष्टले दोलखा जिल्ला संस्कृति, पर्यटन तथा आर्थिक विकासका सम्भावनाका दृष्टिले निकै अग्रणी रहेकोले अब बन्ने व्यवसायिक भवनले त्यसमा टेवा पु¥याउन सक्ने बताए ।
मल्टिल्पेक्स सिनेमा हल सहितको भवन अहिलेका लागि ५ तलाको बन्नेछ । तर यसको डिजाइन भने ८ तलाको छ । सातदोबाटो चोकको तरकारी बजारसँगै बन्ने यो भवनमा ६३ वटा सटर मात्रै रहनेछ । भुईँतलामा ८, तेस्रो तलामा २२ र चौथो तलामा २३ वटा सटर रहने र दोस्रो तथा तेस्रो तलालाई भने हाललाई सटर विनाको र खुलै राखिनेछ । भवनको लागत १२ करोड ७६ लाख ३२ हजार ७ सय ४ रुपैयाँ रहेको छ । भवन निर्माणको अवधि १८ महिना रहेको छ ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले भवन नगरपालिकाको राम्रो आर्थिक स्रोत बन्न सक्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।