कार बगाउँदा एकको मृत्यु, २ घाइते

 शम्भु गौतम     २० भाद्र २०७६, शुक्रबार

दोलखा

दोलखा जिल्ला चरिकोट – सिँगटी सडकस्थित सुन्द्रावती खोलाले गए राति एउटा कार बगाउँदा कारमा सवार एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
सिँगटीबाट चरिकोट आउँदै गरेको बा १९ च ४३९० नं को कार गत मध्यरात सुन्द्रावती खोलाले बगाउँदा तामाकोशी ३ का २४ वर्षीय अनिश पोखरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
अविरल वर्षासँगै खोला बढेपछि कार बगाएको र कारमा सवार तामाकोशी गाउँपालिका ३ जफेका विकज पोखरेल र लिखु गाउँपालिका २ रामेछापका पवन पौडेल घाइते भएका छन् । विकज तामाकोशी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलका पुत्र हुन् ।
घाइते दुबैलाई उपचारको लागि काठमाडौँ लगिएको छ र अवस्था सामान्य रहेको बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।