जनस्तरबाटै सावधानी अपनाए डेंगु नियन्त्रण

 शम्भु गौतम     ३१ भाद्र २०७६, मंगलवार

डा. माधव प्रसाद लम्साल

 

अहिलेसम्म डेंगु रोग नेपालका ५६ जिल्लामा फैलिइसकेको छ र ६ जनाले ज्यान गुमाइसकेका छन् । जनस्तरबाटै सावधानी अपनाउन सके नियन्त्रण गर्न सकिने यो रोगका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधवप्रसाद लम्सालको लेख, प्रस्तुत छ………

डेंगुको संक्रमण भएको लामखुट्टेर यसले पारेका अण्डा, प्युपा र लार्भा बाट हुर्कने सबै लामखुट्टेले टोकेमा डेंगु सर्छ । लामखुट्टेको प्रजनन् तथा विकास हुने ठाउँहरु “खोज्ने र नष्टगर्ने” अभियान नै डेंगुको संक्रमण नियन्त्रण गर्ने उत्तम उपाय हो । घर वरिपरि किटनासक औषधी छिट्ने तथा फगिङले अन्य रोगहरु बढाउने तथा वातावरण बिगार्ने जस्ता बेफाईदा धेरै भएको र लामखुट्टेको अण्डा यसले नष्ट नगर्ने भएकोले डेंगुको नियन्त्रणमा फगिङ त्यति उपयोगी नभएको अध्ययनले देखाएको छ ।

डेंगु नियन्त्रणमा सहयोग पुग्ने थप केही सुझावहरूः

  • सिंहदरबार, स्वास्थ तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु, सामाजिक बिकास मन्त्रालयहरु सबैले अफ्नो कम्पाउन्ड भित्र डेंगु सार्ने एडिस जातको लामखुट्टेको अण्डा, प्युपा र लार्भा हुर्कने ठाउँ नष्ट गरिसकेका छौं भनी पक्का गरौ र मेडिया तथा उपभोक्तालाई अनुगमन गर्न आव्हान गरौं । यसले देशभर “खोज्ने र नष्ट गर्ने” अभियान गर्न प्रोत्सासन गर्छ ।
  • सबै मन्त्रीका घर निवास र मन्त्रालयमा पानी जम्ने तथा एडिस जातको लामखुट्टेले अण्डा पार्ने ठाउँ पानी जम्ने पात (पतिङ्गर, पानी, कोक, फेन्टा आदिका बोतल सिसी तथा उत्तानो परेका यसका बिर्काहरु, दियोहरु, ट्वाइलेटका पानी जम्ने ब्रस होल्डर, बासका किला जसका माथि पानी जम्न सक्छ, पुराना टायर लगायत लामखुट्टेका वासस्थानहरु तथा अव्यबस्थित फोहोर छैन भनी निस्चित गर्ने । सफा घर अफिस सेवाग्राहि र भेट्न आउनेलाई निस्चित चेकलिस्ट बनाई मोडेल देखाई दिने । यसले राजनैतिक नेतृत्वको नैतिक जिम्मेवार देखाउँछ ।
  • सरकारी निकायहरु, सबै साझेदार संस्थाहरु, सबै पाटिका माथिल्लो निकाय तथा जन प्रतिनिधिहरुले आआफ्नो अफिस र निबास तथा घरमा डेन्गु फैलाउने लाम्खुट्टेले फुलपार्ने ठाउँ छैन, लामखुट्टे उत्पादन हुन्न भनी पक्का गरी सरकारी निकायहरु र सबै साझेदार संस्थाहरुले उपभोक्ता मार्फत तथा पाटी र जन प्रतिनिधिहरुले आफ्ना भोटर, कार्यकर्ता एवं तल्ला निकायलाई अनुगमन गर्न डाकौं , उनीहरुबाट भ्यालिड़ेट गराउदै सर्टि्फिकेट लिऔं । हालसम्म गर्दै आएका अनुगमन मुल्याङ्कन र सर्टिफकेसन गर्ने टप डाउन (माथि बाट तल तिर) तरीकालाई बटमअप (तलबाट माथि तिर) बनाउँ । यसले डेंगुको नियन्त्रणका साथै प्रणालीमा समेत सुधार ल्याउन सहयोग गर्नेछ ।
  • आम नागरिकले व्यक्तिगत रुपले आधिकारिक सुचना प्राप्त गर्ने र प्राप्त सूचनालाई व्यबहारमा लागु गरी सुरक्षित हुने साथै अरुलाई शिकाउने ।
  • डेन्गुका लक्षण देखिएमा नआत्तिने स्वास्थ्यकर्मीको सल्लाह लिने

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।