जेसिबीको ठक्करबाट बालकको मृत्यु

 शम्भु गौतम     ५ आश्विन २०७६, आईतवार

दोलखा

दोलखाको बिगु गाँउपालिका वडा नम्बर ८ चिलंखाको झोरुङ सोरुङ साङ्वा सडक खण्ड मर्मतको क्रममा जेसिवी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।
शनिवार बेलुका बा ३ क १२०६ नम्बरको जेसिवीले किच्दा सोरुङमा ब्यवसाय गर्दै आएका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।
जेसिवी चालकले ती बालकलाई जेसिबीमा चढाइ तेलको डम उचाल्ने क्रममा बालक जेसिबीबाट खसेका थिए । जेसिबीको ढोका खुलै रहेका कारण त्यहाँबाट खसेका उनलाई सोही जेसिबीको टायरले किचेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
अहिले उक्त जेसिवी ब्याक लोडर प्रहरी नियन्त्रणमा रहेको र घट्नाको आवश्यक छानविन भैरहेको प्रहरीले जनाएको छ । जेसिवीका चालक भने फरार रहेको र उनको खोजी भै रहेको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।