ट्रक दुर्घटनामा चालकको मृत्यु

 शम्भु गौतम     १० आश्विन २०७६, शुक्रबार

दोलखा

दोलखा सदरमुकाम चरिकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ५ ख ८८५८ नं को ट्रक दुर्घटनामा सोही ट्रकका चालक विजय तामाङको मृत्यु भएको हो ।

आज दिउँसो करिब २ बजे चरिकोटस्थित च्छोरोल्पा अस्पताल अगाडि अक्सिजन ग्यासको सिलिन्डर लोड गर्ने क्रममा अचानक ट्रक गुड्दा भएको दुर्घटनामा सोही ट्रकका चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

च्छोरोल्पा अस्पतालका सिलिन्डर लोड गर्दैगर्दा ट्रक अचानक गुडेपछि ट्रक रोक्ने क्रममा चेपिएर भीमेश्वर नगरपालिका ९ झिँगानेका ३५ वर्षीय चालक विजय लामाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि चरिकोट अस्पताल लगिएकोमा त्यहाँका डाक्टरले मृत घोषणा गरेका थिए ।

ट्रक दुर्घटनामा चालकको मृत्यु भए पनि ठुलो दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । सो ट्रक गुडेको बायाँपटि थुप्रै किराना पसल तथा मानिसहरुको भीडभाड भए पनि सो ट्रक दायाँपटिको भित्तामा ठोकिएर रोकिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।