जिल्ला प्रशासनद्वारा प्रस्तावित चरिकोट अस्पतालमा छापा

 आवाज संवाददाता     ९ श्रावण २०७३, आईतवार

दोलखा, ९ साउन/न्याय हेल्थ नेपालद्वारा सञ्चालित प्रस्तावित चरिकोट अस्पतालमा जिल्ला प्रशासन कार्यालय छापा मारेको छ ।
अस्पतालले खरिद गरेका औषधीको सम्बन्धमा र कर्मचारी नियुक्ति सम्बन्धमा अनियमितता भएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले छापा मारेको हो । सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेको टोलीले आज अस्पतालमा छापा मारी तत्सम्बन्धी कागजातहरुका प्रतिलिपिहरु लिएको छ ।
प्रस्तावित चरिकोट अस्पतालका भूषण प्रसाईले औषधीको बिलसम्बन्धमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले कागजात माग गरेको र आफूहरुले ती कागजातहरुको प्रतिलिपि उपलव्ध गराएको बताए । आवश्यक परे सक्कली कागजातहरु पनि उपलव्ध गराउने उनले बताए ।
उजुरी सम्बन्धमा थप अनुसन्धान भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF