लापिलाङमा ७७ वर्षीया वृद्धाको हत्या

 आवाज संवाददाता     १० श्रावण २०७३, सोमबार

दोलखाको लापिलाङ गाबिस वडा नम्बर २ को लकाई गाउँमा एक बृद्धा महिलाको रहस्यमय मृत्यु भएको छ । साँझ राम्रै सुतेकी ७७ वर्षीया मानशोभा खड्का बिहान मृत अवस्थामा फेला परेकी छन् । गए राती रहस्यमय तरिकाबाट मृत्यु भएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसर महिलाको नाक काटिएको र टाउकोभरि चोट लागेर उनको शव मृत अवस्थामा आज बिहान भेटिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले महिलाको हत्याबारे अनुसन्धान जारी रहेको जानकारी दिए । उनले प्रहरी घटना स्थलमा गएको र पोष्टमार्टमका लागि चरिकोट ल्याउन लागेको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।