News update पहिरोका कारण दुई दिनदेखि बाटो अबरुद्ध, निर्माण कम्पनी बेखवर

 आवाज संवाददाता     ११ श्रावण २०७३, मंगलवार

राजन शिवाकोटी
हलहले(दोलखा) ११ साउन

जिल्लाको लाँकुरीडाँडा गाविस वडा नंं ९ को हलहलेमा गएको पहिरोका कारण हिजोदेखि बाटो अबरुद्ध भएको छ । बाटो अबरुद्ध भएको कारण काठमाडौं जाने यात्रुहरु वाटोमा अलपत्र रहेका छन् भने हिजोदेखि वाटो अबरुद्ध हुँदा समेत निर्माण कम्पनी बेखवर रहेको छ ।

यो समाचार प्रकाशन भए लगत्तै खरिढुंगाबाट प्रहरीको टोली आएर सडक खुलाउने प्रयास सुरु गरेका छन् । सडक विस्तार आयोजनाले सडक विस्तारको क्रममा सडक २४ सैं घण्टा सुचारु राख्नु पर्ने व्यवस्था छ । लामोसाँघु जिरी सडकको खाडीचौरदेखि चरिकोटसम्मको सडक विस्तार आयोजनाले काम गरिरहेको छ ।
सडक अवरुद्ध हुँदा हिजो विरामी बोकेर आएका २ वटा एम्बुलेन्स समेत फर्किएका स्थानीयले बताएका छन् । आज पनि चरिकोटबाट काठमाडौं विरामी लिएर हिडेको एम्बुलेन्स अबरोधमा परेको छ । सडक विस्तार आयोजनाको कम्पनी सडक खुलाउन भन्दै जेसीबी तयारी अवस्थामा सडकमा देखाउन मात्र राखे तापनि चालक नहुँदा सडक खुलाउDSC_2200न सकेको छैन । प्रहरीको सक्रियतामा भइरहेको सडक अवरोध हटाउने कार्य जारी रहेकाले केही समयपछि सुचारु हुने बताइएको छ ।

यस विषयमा सडक डिभिजन सडक कार्यालय दोलखामा सम्पर्क राख्दा उक्त सडक खण्ड विस्तारको जिम्मा आयोजनासंग भएको र आयोजनाले काम गर्नु पर्ने वताएको छ । हिजो देखि अबरुद्ध भएको वाटो खुलाउने प्रयास आज विहानसम्म कतैवाट नभएको यात्रुहरुले बताएका छन् । लाँकुरीडाँडा गाविसको हलहलेमा गएको पहिरोमा आज विहान सुनकोसी दुग्ध उद्योगवाट आएको वोलेरो गाडि पहिरोको विचमा फसेको छ ।
यसरी दुई दिनदेखि राजमार्ग अबरुद्ध हुँदासम्म स्थानीय प्रशासन, सडक डिभिजन कार्यालय तथा निर्माण जिम्मा दिएको कम्पनी वेखवर रहनु आश्चर्यको विषय हो । सडक छेउमा राखिएको डोजरमा ड्राइभर नहुनु, दुई दिनदेखि वाटो खोल्ने प्रयास कतैवाट नहुँनुमा जिम्मेवार को ? यात्रुहरुले गुनासो राखेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF