News update हलहलेको पहिरो प्रहरीले हटायो, २ दिनपछि यातायात सुचारु

 आवाज संवाददाता     ११ श्रावण २०७३, मंगलवार

राजन शिवाकोटी
हलहले (दोलखा) ११ साउन
जिल्लाको लाँकुरीडाँडा गाविस वडा नंं ९ को हलहलेमा गएको पहिरो प्रहरीको सक्रियतामा हटाएको छ । पहिरो पन्छाएपछि २ दिनदेखि अबरुद्ध सडक खुलेको छ । सडक खुलेसँगै रोकिएका सवारी साधान सञ्चालन भएका छन् ।
आवाज अनलाइनमा पहिरोको अवरोधबारे समाचार प्रकाशित भए लगत्तै पहिरो हटाउन खरिढुंगाबाट प्रहरीको टोली आएर सडक खुलाउने प्रयास सुरु गरेको थियो ।
सडक विस्तार आयोजनाले सडक विस्तारको क्रममा सडक २४ सैं घण्टा सुचारु राख्नु पर्ने व्यवस्था छ । लामोसाँघु जिरी सडकको खाडीचौरदेखि चरिकोटसम्मको सडक विस्तार आयोजनाले काम गरिरहेको छ । वर्षात् लागेसँगै हलहलेमा पटक पटक पहिरो झरेर सडक अबरुद्ध हुँदै आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।