दोलखामा ७ स्थानीय निकाय, के छन् स्थानीय तह पुन:संरचना आधारहरु

 आवाज संवाददाता     ११ श्रावण २०७३, मंगलवार

स्थानीय तह पुनर्संरचनाको बहस तिब्र भएको छ । स्थानीय निकाय पुर्न संरचना आयोगले तयार पारेको कार्यविधिका आधारमा स्थानीय विकास अधिकारीको संयोजकत्वमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति साउन ९ गतेदेखि दोलखामा पनि आफ्नो कामलाई तिब्र पारेको छ ।
आयोगले देशभर गाउँपालिका र नगरपालिकाको जम्मा संख्या ५६५ हुते गरी सिमांकन र नामांकनको जिम्मा जिल्ला जिल्लाको प्राविधिक समितिलाई दिएको छ । दोलखामा समितिले राजनैतिक दल, नागरिक समाज स्थानीय तहसम्म यसको छलफल व्यापक बनाएको छ । समितिले मंगलबार सञ्चारकर्मीहरुसँग छलफल गरेको छ । प्राविधिक समितिका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले सबैको सुझाव समेटेर सहमतिका आधारमा साउन मसान्त भित्र आयोगलाई प्रतिबेदन बुझाउने गरी काम भइरहेको जानकारी दिए ।
दलीय सहमति हुन नसके प्राविधिक समितिले आफ्नै ढंगल प्रतिवेदन समेत दिन सक्ने व्यवस्था भएको उनले जानकारी दिए । तर प्रतिवेदन आयोगमा पुगेपछि पुनरावेदनको व्यवस्था छैन । दोलखामा आयोगले जम्मा ७ वटा स्थानीय निकाय हुने गरी सिमांकन र नामांकन गर्ने खाका दिएको छ । प्रारम्भिक छलफलपनि दलहरुले पनि आन्तरिक गृह कार्य जारी राखेका छन् ।

स्थानीय तह पुन:संरचना दोलखाका प्रमुख आधारहरु

  • प्रदेश नं. : ३ भौगोलिक
  • क्षेत्र: हिमाली
  • जिल्ला: दोलखा
  • स्थानीय तह संख्या: ७
  • जनसंख्या: १,८५,०९९ (जनगणना २०६८)

गाउँपालिका/नगरपालिका पुन:संरचनाका आधारहरु

क) जनसंख्या

भौगोलिक क्षेत्र स्थानीय तह कैफियत
गाउँपालिका नगरपालिका
हिमाल (हिमाली भूभाग) १५,००० २०,०००
हिमाल (पहाडी भूभाग) २५,००० ३५,०००

ख) सिमाना निर्धारणका लागि भौगोलिक सुगमता

अ) बजार केन्द्र

  • गाउँपालिका= कम्तिमा ३ वटा
  • नगरपालिका= कम्तिमा ५ वटा

आ) पानी ढलो मिल्ने

इ)  भौगोलिक निरन्तरता

ई) प्राकृतिक श्रोत – एउटा प्राकृतिक श्रोत एउटा ईकाइमा राख्ने (संभव भएसम्म)

ग) वडा विभाजन

अ) एक गाउँपालिका भित्रका वडाहरुको जनसंख्या एक आपसमा +/-१५{300018d4fa3c39a34adad1b24265b212038fa3ba091e18924cb260a5beb54c11} हुने गरी विभाजन गर्ने

घ) वडा संख्या

अ)

भौगोलिक क्षेत्र स्थानीय तह
गाउँपालिका नगरपालिका
हिमाल (हिमाली भूभाग) ५ देखि ९ वडाहरु ९ वडाहरु
हिमाल (पहाडी भूभाग) ५ देखि १२ वडाहरु ९ देखि १४ वडाहरु

आ) कम्तिमा एक गाविस = एक वडा (गाउँपालिका वा नगरपालिकाको लागि)

ई) वडा संख्या = (प्रस्तावित गाउँपालिका/नगरपालिकाको जनसंख्या)/(३०००(गाउँपालिका)वा४०००(नगरपालिका))

ई) प्रस्तावित वडा = साविकको वडा नटुक्रिने गरी

उ) प्रस्तावित वडा = वडाको निरन्तरता नटुक्रिने गरी

ऊ) वडा केन्द्र – हालको गाविसको केन्द्र

गाउँपालिकाको नामकरण

क) सर्वसम्मत प्रस्ताव गर्ने

सर्वसम्मत हुन नसकेमा विकल्प रुपमा थप एक वैकल्पिक प्रस्ताव पेश गर्न सकिने ।

गाउँपालिकाको केन्द्र

क) संभव भएसम्म सम्वन्धित इकाईको मध्य भाग ।

ख) सडक यातायातले छोएको

ग) विद्युत र संचार सुविधा भएको

घ) पर्याप्त जग्गा/खुल्ला क्षेत्र भएको

ङ) जोखिम युक्त नभएको

च) सबै भन्दा टाढाको वस्तीबाट सेवा केन्द्र सम्मको दुरी

  • जाने समय = बढीमा ४ घण्टा
  • फर्कने समय = बढीमा ८ घण्टा

नगरपालिका प्रस्तावका थप  आधारहरु

क) आ. व. २०७१/७२ को आधारमा आन्तरिक आय

  • रु. २० लाख (हिमाल)
  • रु. ३५ लाख (पहाड)

ख) हालका नगरपालिका (भिमेश्वर र जिरी) ले समेत नगरपालिका बन्नको लागि उल्लेखित मापदण्ड पुरा गर्नु पर्नेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।