एम्नेस्टी दोलखाको संयोजकमा सन्तोष कुँवर

 आवाज संवाददाता     १२ श्रावण २०७३, बुधबार

एम्नेस्टी इन्टरनेसनल दोलखाको चौथो सम्मेलनवाट सन्तोष कुमार कुँवर संयोजक चयन भएका छन् । बुधवार भएको सम्मेलनले संयोजमा कुँवर र सह संयोजकमा श्यामप्रसाद खतिवडा चयन भएका छन् । सम्मेलनले सचिवमा व्यवसायी कमल चौहान र कोषाध्यक्षमा विन्देश्वरी खतिवडा चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा कम्प्युटर व्यवसायी बाबुराम थापा, विष्णु विक्रम वस्नेत, विनिता थापा चयन भएका छन् । एम्नेस्टी इन्टरनेसनलले जघन्य मानवीय अधिकार हनन् भएका नागरिकहरुको पक्षमा विश्वव्यापी रुपमा आवाज उठाउने गरेको छ । एम्नेस्टीको आगामी भदौमा पोखरामा चौथो राष्टिय महाधिवेशन हुने वताइएको छ ।
दोलखावाट चयन हुने दुई केन्द्रिय प्रतिनिधिहरुमा एम्नेस्टीका पुर्व जिल्ला संयोजक रमेश खतिवडा र नवनिर्वाचित संयोजक सन्तोष कुमार कुँवर छनौट भएका छन् । अन्र्तराष्ट्रिय स्तरदेखि नै मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको एम्नेस्टी पछिल्लो समयमा नेपालको प्रत्येक जिल्ला जिल्लामा क्रियाशिल रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF