स्थानीय निकायको दोलखा पुर्नसंरचना यसरी गरौं

 आवाज संवाददाता     १३ श्रावण २०७३, बिहीबार

दिलबहादुर केसी

चिया गफमा पुर्नसंरचनाको विषयमा बहस भनेर एउटा तस्बिर फेसबुकमा पोष्ट गर्दा एक जना विद्धान मित्रले नभुगोलशास्त्री नसमाजशास्त्री कसरी हुन्छ बहस भनेर प्रतिक्रिया दिए । तर उनलाई थाहा पक्कै हुनु पर्छ कि यो सार्वजनिक महत्वको विषयमा तल्लोस्तरमा छलफल हुँदा समाजशास्त्री र भूगोलशास्त्री त नहुन सक्छ ।
संघीयता कार्यान्वयनका लागि स्थानीय निकायको पुर्नसंचनाको बहस आज भोली तिब्र भएको छ । यही बहसमा नेपाल सरकारले बनाएको स्थानीय निकाय पुर्नसंरचना आयोगले काम गरिरहेको छ । हरेक जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा बनेको प्राविधिक समितिले पनि आफ्नो काम जारी राखेको छ ।
राजनैतिक दलहरुले र नागरिक समाजका विभिन्न समितिहरुले पुर्न संरचनाको विभिन्न कोणबाट छलफल गरी आ आफ्नो सुझाव पनि दिइरहेका छन् । राजनैतिकस्तरमा केन्द्रीय तहमा ठूलै निर्णय नभए जिल्ला तहबाट साउन मसान्तसम्म आफ्नो प्रतिवेदन आयोग समक्ष पेश हुनेछ ।
आयोगले ठूलो आन्तरिक गृहकार्य गरेपछि पुर्नसंरचनाको आधार तय गरेको छ । आर्थिक स्रोत, जनसंख्या, भूगोललाई आधार बनाएर कुन जिल्लामा कति संख्यामा कार्यपालिका नगरपालिका बनाउन सकिन्छ भनेर अधिकतम संख्याको आधार दिएको छ । स्थानीय र जिल्ला तहको अध्ययन र छलफलपछि आयोगले तोकेभन्दा कम संख्यामा बनाएर सिफारिस गर्न सक्ने छ ।

TheKingdomOfNepal.com: Dolakha District Map

TheKingdomOfNepal.com: Dolakha District Map

आयोगले देशभर ५६५ वटा नगरपालिका र गाउँपालिका बनाउने प्रस्ताव गरेको छ । अहिले तोकेको मापदण्डका आधारमा देशभर भनेका २१७ वटा नगरपालिका पनि जनसंख्या र आयस्रोतका आधारमा कतिपय गाउँपालिकामा झर्न पनि सक्छन् । भलै नयाँ बन्ने सरकारको गठबन्धनले यो संख्या बढाउनु पर्छ भन्ने छलफल पनि जारी राखेको छ । यदि भोली त्यो निर्णय भएमा सोही बमोजिम होला ।
१ दोलखामा भीमेश्वर नगरपालिकालाई कामयम राख्दै थप गाविसहरु गाभ्ने गरी पुर्नसंरचना गर्नु पर्छ । भीमेश्वरमा सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती बोच र लाँकुरीडाँडा गाभ्दा उपयुक्त हुन्छ । यसको केन्द्र चरिकोट नै हुन्छ । यसको जनसंख्या ३९८२७ हुन्छ ।
२ मागापौवादेखि मेलुङसम्मको गाविस ११ वटा गाविसलाई मिलाएर शैलुङ क्षेत्र केन्द्र बन्ने गरी अर्को गाउँ पालिका बनाउँदा उपयुक्त हुन्छ । तर दक्षिणका मेलुङ, डाँडाखर्क र घ्याङ, भेड्पूको तल्लो बस्तीलाई मालु सहरेमा राखेर पनि गाउँ पालिका बनाउन सकिन्छ । यसको जनसंख्या ३९९०८ हुन्छ ।
३ जिरी नगरपालिका राख्ने वा गाउँपालिका बनाउने भन्नेमा जनसंख्यामा भर पर्छ २०६८ को जनगणनालाई आधार बनाएर अहिलेको आधार बनाइएको हो । गाउँपालिका बन्न हिमाली क्षेत्रमा १५ हजार, नगरपालिका बन्न २० हजार जनसंख्या चाहिन्छ । हिमाली क्षेत्रको पनि पहाडी भागमा गाउँपालिका बन्ने २० हजार र नगरपालिका बन्न ३५ हजार जनसंख्या आवश्यक पर्छ । तर जिरी नगरपालिकामा श्यामा गाविस मात्र समावेश गर्दा पनि २० हजार पुग्दैन । जिरी नगरपालिका बनाउने हो भने काब्रे, मिर्गे, क्षेत्रपा र नाम्दु गाविसलाई राख्नु पर्छ । यसको जनसंख्या २९२४६ हुन्छ । यो नगरपालिकाको लागि प्रयाप्त हुन्छ ।
४ गैरीमुदी, झुले, भीरकोट, जफे, मालू, सहरे, च्यामा र हावा गाविस मिलाएर अर्को गाउँ पालिका बनाउँदा उपयुक्त हुन्छ । यसको केन्द्र छौडे उपयुक्त हुन्छ । यसको जनसंख्या २३१२७ हुन्छ ।
५ जुँगू, झ्याँकु, सुरी, चंखु, खारे, गौरीशंकर, लामाबगर र ओराङ गाविस मिलाएर अर्को हिमाली गाउँपालिका बनाउँने । त्यसको केन्द्र सुरी हुन सक्छ । स्रोतको हिसावले जलस्रोत, जडिबुटी र पर्यटकीय स्रोतसम्पन्न गाउँपालिका यो हुनसक्छ । यसको संख्या २१३१७ हुन्छ ।
६ बुलुङ, लादुक, चिलंखा, आलम्पू, बिगू, खोपाचार्ग, कालिञ्चोक, बाबरे, लामिडाँडा र लापिलाङ मिलाएर अर्को गाउँपालिका बन्न सक्छ । यसको केन्द्र सिंगटी आसपासको क्षेत्र उपयुक्त हुन्छ । यसको संख्या २९७०७ हुन्छ ।
यसरी दोलखालाई ६ वटा गाउँपालिका बनाउँदा उपयुक्त हुन्छ । ७ वटा संख्या भनेर प्रस्ताव गरे तापनि ७ वटै पु¥याउनु पर्छ भन्ने बाध्यता के छ र । यसरी हेर्दा स्रोतको हिसाव र जनसंख्या भुगोल समेत मिल्ने छ । यस मध्ये गाविसलाई फुटाउँनु भन्दा विद्यमान कुनै पनि गाविसका वडालाई अर्को पायक पर्ने गाउँपालिका वा नगरपालिकामा पनि समावेश गर्न सकिने छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।