४ असार २०८१, सोमवार

17th, June 2024, Monday

Aaawajonline.com

यादवको स्वास्थ्य अवस्था स्थिर, आईसीयूमा उपचार हुँदै

२१ भदौ २०८०, बिहिवार आवाज संवाददाता
आवाज संवाददाता

२१ भदौ २०८०, बिहिवार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो ।

 

कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा खुकुरी प्रहार भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले यादवमाथि धारिलो हतियारले आक्रमण गरेका हुन् ।

 

आक्रमणमा घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

East West Fast Food