दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो


आवाज संवाददाता
३० असोज २०८०, मङ्गलवार
चालु आर्थिक वर्षको भदौ महिनासम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
गएको आर्थिक वर्षको पहिलो २ महिनामा रेमिट्यान्स झन्डै २० प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव ७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने कमी आएको छ । साउन र भदौमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आएको छ । स्वीकृति लिने नेपालीको संख्या ७४ हजार ४५५ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ जना कायम भएको छ ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
पत्रकार शिवाकोटी सम्मानित